कर्मचारी आवासगृह प्रयोगविहिन

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ २६

सोलुखुम्बुको सल्लेरीमा निर्माण भएको कर्मचारी आवास गृह प्रयोग विहिन बनेको छ । निजामति कर्मचारीको आवासका लागि निर्माण गरिएको सुविधा सम्पन्न भवन प्रयोगविहिन बनेको हो । जिल्ला आर्युवेद कार्यालय नजिकै रहेको २ तले भवन प्रयोग बिहिन भएपछि लथालिङग बन्दै गएको छ ।

सहरी बिकास मन्त्रालय अन्र्तगत भवन डिभिजन कार्यालय ओखलढुङ्गाको लगानीमा २ बर्ष अघिनै निमार्ण सम्पन्न भएको भवन अहिले बेवारिसे बनेको छ । प्रयोगमा नआएको भवनको सिसाको झ्याल, धारा, ट्वाईलेट तथा बाथरुममा जडान गरिएका भौतिक सामाग्रीहरु फुटेको अवस्थामा पाईन्छ ।

प्रयोगमै नआएको सल्लेरीको कर्मचारी आवासगृह

एटेज बाथरुम, ट्वाईलेट, किचन, झ्याल ढोका, बिद्युत तथा खानेपानी सहितको २ तल्लाको ८ कोठे भवन निमार्ण कम्पनीले आफ्नो जिम्मेवारी पुरा गरी बुझाईसकेको छ । ७८ लाखको लागतमा कालिका ईन्जिनियरिङ जेबीले डेढ बर्ष अघि नै निमार्ण सम्पन्न गरी भवन डिभिजन कार्यालय ओखलढुङ्गालाई बुझाएको थियो । आफुले सबै प्रक्रिया पुरा गरी संघिय आयोजना कार्यान्वयन ईकाई बिराटगरलाई जिम्मा लगाएको भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख रुद्र प्रसाद मिश्रले बताए ।

संघिय सँरचना पश्चात जिल्लास्थित कार्यालयहरुको संरचना भंग भएपछि कामकाज लथालिंग भएको बिराटनगर कार्यालयले जनाएको छ । यता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबाट कार्यविधि बनेर स्विकृति पर्खदा ढिला भएको बताए ।

निमार्ण सम्पन्न भएको डेढ बर्ष सम्म भवन संचालनमा आउन नसकिरहेको अवस्थामा निजामति कर्मचारीहरुकै लागी अर्को भवन निमार्ण सुरु गरिएको छ । सल्लेरी स्थित थापाटोलमा ८ कोठाको अर्को सुबिधा सम्पन्न भवन निर्माणाधिन अवस्थामा छ ।

आगामी चैत्र मसान्त सम्ममा भवन निमार्ण सम्पन्न गर्ने गरि ट्रस्ट निर्माण सेवा कम्पनीले निर्माणको काम जारी राखेको छ । भवन एक करोड ९८ लाखको लागतमा सहरी बिकास मन्त्रालय अन्र्तगत भवन डिभिजन कार्यालय ओखढुङ्गाको लगानीमा बन्न लागेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु