कम्युनिष्टहरू एकीकृत हुने समय आयो : नेपाल

हिमाल एफ एम बैशाख १९- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरू एकीकृत हुने समय आएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपालको पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता नेपालले ‘यथास्थिति, प्रतिगामी र उदारवादी पुरानो विचारले अब मुलुकलाई अघि बढाउन नसक्ने बताउँदै एकीकृत कम्युनिष्ट पार्टी बनाउने कामको अगुवाइ एमालेले गर्नुपर्ने बताए ।

विचार र सङ्गठनका आधारमा अब एउटै कम्युनिष्ट पार्टीमा सबै वामपन्थी समेटिनुपर्नेमा जोड दिँदै उनले त्यस्तो एकता देशभक्तिपूर्ण र प्रगतिशील रुपान्तरणमा आधारित हुनुपर्ने बताए । तर त्यस्तो एकता अवसरवादमा आधारित हुन चाहिँ नहुने उनको भनाइ थियो ।एक फरक प्रसङ्गमा नेता नेपालले संविधानसभामा सम्बन्धित समिति गठन भई विगतमा भएका सहमतिको स्वामित्व लिने काम सुरु भएकाले समयमै संविधान बन्ने विश्वास व्यक्त गरे ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!