कम्युनिष्टहरुको एकता संबिधान निर्माणका लागिः प्रचण्ड

काठमाडौं , १३ असार- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पाँच कम्युनिष्टहरुबिचको एकता संबिधान लेखन लाई संभब तुल्याृन भएको बताएका छन् । दाहालले पाँच पार्टीबीच १२ बुँदे शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार संविधान निर्माणका लागि कार्यगत एकता भएको बताएका हुन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस सम्बन्धमा भोली काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चा गठन गर्नुपर्नाको उद्देश्यबारे प्रष्ट पारिने जानकारी गराए ।

नेपाली काँग्रेस, एमाले र एकिकृत नेकपा माओवादीको सहमतिअनुसार नै संविधानसभामा प्रतिनिधित्व गर्ने दल र बाहिर रहेका दल सबैको सहभागितामा संविधान निर्माण गर्नुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिए । अध्यक्ष प्रचण्डले अहिले राष्ट्र संक्रमणकालीन अबस्थामा रहेको भन्दै त्यसलाई निकास दिन आफ्नो पार्टीभित्र गम्भीर छलफल भैरहेको बताए । दाहालले जनताले परिवर्तन खोजेको हुनाले उपनिर्वाचनमा पार्टीले पराजय भोगेको बताउँदै यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

Comments

comments

सम्बन्धित शीर्षकहरु