कपाल काटेरै मासिक ४० हजार कमाई

सपना न्यौपाने
सोलुखुम्बु, २७ असोज

सर्लाहीका अशोक ठाकुरले सोलुखुम्बुमा कपाल काटेरै मासिक ४० हजार भन्दा बढि कमाउदै आएका छन् । हिमाल एफ एमको कार्यक्रम ‘अनुभव’ मा कुराकानी गर्दै ठाकुरले देशमै राम्रो आम्दानी गर्न सकिने बताएका हुन् । उनले एक बर्ष अघि देखि जिल्लाको सदरमुकाममा सुन्दर हेयर कटिङ सेन्टर संचालनमा ल्याएका छन् । सदरमुकामका आधा दर्जन भन्दा शैलुङ रहेपनि ठाकुरले आधुनिक सेवा प्रदान गर्दै आएका छन् ।

ग्राहकको सेवामा अशोक ठाकुर

पुख्यौली पेशा अपनाउदै आएका ठाकुर वैदेशीक रोजगारीका लागि पनि गएका थिए तर भनेजस्तो पारिश्रमिक नपाएपछि उनी ३ महिनामै नेपाल फर्किएका थिए । ठाकुरले भने, ‘हेयर ड्रेसरका रुपमा साउदी गएको थिए तर पारिश्रमिक भनेजस्तो नपाएपछि नेपालमै केहि गर्न सकिन्छ भन्ने सोच सहित स्वदेश फर्किए । विदेशी हेयर कट्रिको केहि सुविधा आफ्नो व्यवसायमा लागु गर्दै गए । अहिले म अहिले सन्तुष्ट छु ।’ ठाकुरले केहि बर्ष अघि पनि सल्लेरीमै हेयर कट्रिको व्यवसाय गरेका थिए ।

मिलनसार स्वभावका ठाकुर हाँसेर बोल्छन्, खासै नरिसाउने उनले ग्राहकलाई भगवान सम्झन्छन् । ५० हजारको लगानीमा शुरु गरेको हेयर कटिङ व्यवसाय निकै फस्टाएको छ । दैनिक कम्ति १२ घण्टा ग्राहककै सेवामा देखिने ठाकुर सीपलाई सदुपयोग गर्न कुनै लाज मान्न नहुने बताउछन् । कपाल काटेरै ७ जनाको परिवार खर्च धान्दै आएका उनले अहिलकै व्यवसायलाई अझ परिस्कृत गर्ने सोच रहेको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु