ओखलढुंगाको ककनी झरना सामुदायिक वनमा आगलागी

नबराज कार्की
ओखलढुंगा, चैत्र १६


ओखलढुंगाको सुनकोसी गाउँपालिकाको वडा नं ९ को ककनी झरना सामुदायिक वनमा आगलागी भएको छ । आज विहान १० बजेतिरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणमा नआउँदा मोलुङ गाउँपालिका वडा नं ४ को खहरे गाउँका बासिन्दा जोखिममा छन् ।

सुनकोसी गाउँपालिका ९ नं वडाका वडाध्यक्ष झनक कार्कीका अनुसार अहिले आगो मोलुङ गाउँपालिकाको वडा नं ४ तिर लागिरहेको छ । हावा वेगले चलिरहेका सुनकोसी ९ को ककनी गाउँ पनि जोखिम रहेको वडाध्यक्ष कार्कीको भनाई छ । आगलागी कसले गरायो भन्ने पहिचान भएको छैन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!