ओखलढुुंगामा वी.पी. स्मृति भवन निर्माण कार्य तीव्र

नबराज कार्की,
ओखलढुंगा, फागुन २५

नेपाली कांग्रेस ओखलढुंगाले आफ्नो वीपी स्मृति भवन निर्माण कार्य तीव्र बनाएको छ क्रियाशील सदस्य तथा नयाँ सदस्यताबाट उठ्ने शुल्क र शुभेच्छुकहरुबाट प्राप्त हुने रकमबाट कांग्रेसले भवन निर्माण गरिरहेको छ ।

भवन सिद्धिचरण नगरपालिका ११ रामबजारमा निर्माण भइरहेको छ । साढे तीन तले भवनको पहिलो तला निर्माण हुने चरणमा छ । १ करोड ७ लाखको लागत अनुमान गरिएको उक्त भवनका लागि आर्थिक संकलन र निर्माण कार्य एकैसाथ अगाडि बढाइएको ओखलढुंगा कांग्रेसका जिल्ला सदस्य तथा भवन निर्माण समिति सदस्य भोजकुमार श्रेष्ठले बताए ।

गएको मंसिरदेखि सुरु भएको भवन १ वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भाडाको कोठाबाट कार्यालय सञ्चालन गर्न समस्या हुन थालेपछि कांग्रेसका ओखलढुंगा सभापति प्रदीपकुमार सुनुवारको सक्रियतामा भवन निर्माणको अवधारणा अगाडि बढाएको हो ।

साढे ३ तले सुविधासम्पन्न भवन निर्माणका लागि भातृ तथा शुभेच्छुक संगठन, नेता कार्यकर्ता, शिक्षक, बुद्धिजीवी, उद्योगी व्यवसायी, कर्मचारीलगायतसँग आर्थिक सहयोग गर्न आह्वान गरिएको ओखलढुंगा कांग्रेसका उपसभापति तेजेन्द्र खनालले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!