ओखलढुङगा सोलुखुम्बु सडक खण्ड संचालनमा

बिक्रम श्रेष्ठ । चैत्र ११–
ओखलढुङगा सोलुखुम्बु सडक खण्ड आज देखी पुर्ण रुपमा संचालनमा आएको छ । गत ४ गते ओखलढुङगाको बर्णालु गाबिसस्थीत थामडाँडामा डोजर पल्टीदा पुर्ण रुपमा अबरुद्ध सो सडकखण्ड आज देखी संचालनमा आएको हो । गत ४ गते साँझ बाटो मर्मतका क्रममा बिग्रिएको स्काभेटर अर्काे स्काभेटरले तान्न खोज्दा दुबै स्कोभेटर पल्टेर सडकमा थुप्रिदा सवारी साधनहरु दोहोरो संचालन हुन सकेको थिएन । सडकमा थुप्रिएका दुबै स्काभेटरलाई काठमाडौबाट ल्याएको क्रेनले हटाए पछि सवार िसाधन दोहोर संचालनमा आएको हो । बाटो अबरुद्ध हुदा काठमाडौबाट आएका सवारी साधनहरु ओखलढुङगाबाटै फर्कनु पर्ने बाध्यता थियो भने सोलुखुम्बुबाट पनि मोटरसाईकल समेत जान सकेका थिएनन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु