ओखलढुंगा : ६ सामुदायिक वनमा आकर्षक पार्क

नवराज कार्की,
ओखलढुंगा, असार १२


डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाका ६ वटा सामुदायिक वनमा आकर्षक पार्क निमार्ण गरिरहेको छ । कार्यालयले सामुदायिक वनसँगको सहकार्यमा पार्क निमार्ण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

पर्यटन प्रबर्द्धन तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको पार्कमा प्रतीक्षालय, रेलिङसहितको सिँढी, बगैँचालगायतका संरचना निमार्ण भइरहेको छ । ६० लाख बजेटमा ६ वटा सामुदायिक वनमा पार्क निर्माण भइरहेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । पार्क निमार्णको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने समेत उनको भनाई छ ।

कार्यालयले लिखु गाउँपालिका ३ को थामपाखा सामुदायिक वन, चम्पादेवी ३ को तोरीवारी सामुदायिक वन, सुनकोसी ८ को देवीस्थान सामुदायिक वन, सिद्धिचरण ९ को ज्यामिरे सामुदायिक वन, सिद्धिचरण ११ को कालीकादेवी महिला सामुदायिक वन र चिशंखुगढी ३ को जामुने कमेरेपानी सामुदायिक वनका उपभोक्ता समितिसँगको सहकार्यमा पार्क निर्माण गरिरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!