ओखलढुंगा : देम्बाडाँडा जाने पर्यटकीय पदमार्ग निर्माण

नवराज कार्की
ओखलढुंगा, जेठ २७

सय पर्यटकीय गन्तव्य सूचिमा परेको ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा रहेको ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा जाने पदमार्ग निर्माण गरिएको छ ।  संघीय सरकारको आर्थिक सहयोगमा सहयोगमा खिजिदेम्बा गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो ।

पदमार्गका लागि खिजिफलाटे नजिकैको चुप्लुभञ्ज्याङबाट देम्बाडाँडासम्म जाने ७ सय  २३ मिटर बाटो सोलिङ गरिएको छ । २ वटा प्रतीक्षालय निर्माण सम्पन्न भएको छ । देम्बाडाँडा आसपासमा ढुंगा नपाइने हुँदा धेरैजसो ठाउँमा ढुंगा बोकेरै सोलिङ गरिएको छ । देम्बाडाँडाको चुचुरो आसपासमा भने चपरी बिछ्याइएको छ । गाउँपालिकाले अफ्ट्यारो ठाउँमा रेलिङ समेत राख्ने योजना बनाइरहेको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए ।

email sharing button
देम्बाडाँडा जाने पदमार्गमा यात्रा गर्दै स्थानीय । तस्बिर सौजन्य : वेदबहादुर रोका

गाउँपालिकाले संघीय सरकारबाट पाउने ५० लाख बजेटमध्ये पहिलो किस्ता वापतको २५ लाखको काम गरेको हो । पदमार्ग निर्माणको काम यसअघि नै सकिनुपर्ने भएपनि लकडाउनका कारण काम प्रभावित भएको अध्यक्ष रोकाको भनाई छ । 

गाउँपालिकाले स्थानीय श्रमको सदुपयोग गरेर पदमार्ग निर्माण गरेको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!