ओखलढुंगा : चम्पादेवीमा १६ वर्षीया किशोरी बलात्कृत, ३ जना पक्राउ

ओखलढुंगा, भदौ ३०


ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३ जना पक्राउ परेका छन् ।

गएको २४ गतेको घटनालाई लिएर पीडितकी दिदीको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु १५, १७ र १९ वर्षीय रहेका छन् । पीडित र पीडक सँगै पढ्ने साथी भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जनामध्ये २ जनाआफ्नै दाजुभाइ रहेको समेत प्रहरीको भनाई छ । घटनापछि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!