ओखलढुंगा कांग्रेसले भन्यो : कोरोना भाइरस ओखलढुंगा आउन नदिन सबैखाले पहल

नबराज कार्की
ओखालढुंगा, चैत्र १३


नेपाली कांग्रेस ओखलढुंगाले कोरोना भाइरस ओखलढुंगामा भित्रिनबाट रोक्नका लागि आवश्यक सबैखाले पहल कदमी चाल्न सरोकारवाला निकाय र स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

कांग्रेसले ओखलढुंगावासीका नाममा एक अपिल जारी गर्दै उक्त अनुरोध गरेका हो ।

ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवारद्वारा हस्ताक्षरित अपिलमा हालसम्म कोरोनाको संभावित संक्रमण रोक्नका लागि ओखलढुंगामा अहोरात्र खट्ने प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, पार्टीका नेता, कार्यकर्ता, क्रियाशील सदस्य तथा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार लगायतलाई धन्यवाद समेत दिइएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!