ओखलढुंगा : एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

नवराज कार्की,
ओखलढुंगा, असार ११

ओखलढुंगाको लिखु गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गाउँपालिका केन्द्र यसमबाट गाम्नाङटार विरामी लिन जाने क्रममा एम्बुलेन्स दुर्घटना हुँदा चालक सुदर्शन खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताए ।

आज विहानकरिब ८ बजेर ४५ मिनेट जाँदा ३-०१-००२ झ ५११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!