ओखलढुंगा : एकै दिन १८ जना कोरोना संक्रमित थपिए

नबराज कार्की,
ओखलढुंगा, भदौ २८


जिल्लामा पछिल्लोपटक १८ जना कोरोना संक्रमित थपिएका छन् ।

सदरमुकाम क्षेत्रमा कोरोना संक्रमण भेटिएपछि कन्ट्रयाक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।


जिल्लाबाट पीसीआर परीक्षणका लागि १०२ जनाको स्वाब धुलिखेल पठाइएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!