ओखलढुंगामा सलह प्रवेश गरेकै हो त ?

नवराज कार्की,
ओखलढुंगा, असार १६

सोमबारदेखि समाजिक सञ्जालमा ओखलढुंगामा पनि फाट्टफुट्ट सलह भेटिएको फोटाहरु पोष्ट भइरहेका छन् । जिल्लाका विभिन्न ठाउँमा भेटिएका फट्याङ्ग्रा जस्तै देखिने कीरा सलह नै भएको फोटो पोष्ट गर्नेहरुको दाबी देखिन्छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका, चम्पादेवी गाउँपालिका, सुनकोसी गाउँपालिका लगायतका क्षेत्रमा सलह फेला परेको स्थानीयको भनाई छ । सिस्नेरी क्षेत्रमा १०-१५ वटाको सानो समुहमा सलह फेला परेको सुनकोसी गाउँपालिका वडा नं ४ का स्थानीय नवराज खड्काले बताए ।

तर कृषि ज्ञान केन्द्रले भने जिल्लामा सलह नभेटिएको जनाएको छ । सोमबार बेलुकीको अपडेटमा जिल्लामा कतै पनि सलह नदेखिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक टीका बानियाँले बताए । जिल्लामा फट्याङ्ग्राजस्तै देखिने कीरा सलह हो भन्ने विषयमा पुष्टि हुन भने बाँकी छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!