ओखलढुंगामा ब्रोइलर कुुखुराको मासुको मूल्य स्थिर, सोलुखुम्बुमा एक सय घट्यो

ओखलढुंगा, भदौ २३

ओखलढुंगामा ब्रोइलर कुखुराको मासुको मुल्य स्थिर छ । देशभर कोभिड १९ का प्रभावका कारण कुखुराको मासुको मुल्यमा उच्च गिरावट आएपनि जिल्लामा भने मासुको मुल्य स्थिर देखिएको हो ।

जिल्लामा सञ्चालीत मासु पसल ब्यवसायीहरुले बोईलर कुखुराको मासु प्रतिकेजी ४ सय रुपैया सम्ममा किनबेच गरिरहेका छन् ।

देशका अन्य जिल्लाहरुमा कुखुराको भाउमा उच्च गिरावट आउँदा मासुमा समेत गिरावट आएको थ्यांक सार्वजनिक भैरहेको छ । तर जिल्लामा बाहिरबाट कुखुुरा अयात नगरिएकाले भाउमा स्थिरता कायम भएको सुनिलफ्रेस हाउसका सञ्चालक सुनिल खत्रीले बताए ।

जिल्लामा सञ्चालीत पोल्टी फर्ममार्फत कुखुरा आयात गरिएकाले भाउमा घटबढ नभएको उनको भनाई छ । जिल्लामा उत्पादन भएका कुखुरा जिल्लामै खपत भएकाले मुल्यमा गिरावट नआएको व्यापारीहरुको भनाई छ ।

यता, सोलुखुम्बुमा भने ब्रोईलर कुखुरको मासुको मुल्यमा भने एक सय रुपैँयाले गिरावट आएको छ । केहीदिन अघिसम्म प्रति किलो ५ सय रुपैँयामा बिक्रि हुदै आएको ब्रोईलर कुखुराको मासुको मुल्य अहिले प्रतिकिलो ४ सय रुपैँयामा बिक्रि भईरहेको व्यापारीहरुले बताएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!