ओखलढुंगामा बस दुर्घटना, चालक सहित ३ जनाको मृत्यू, १४ घाईते

सोलुखुम्बु, असार २५

काँकरभिट्टाबाट सोलुखुम्बुका लागि आउदै गरेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना हुदा चालक सहित ३ जनाको घटनास्थलमै मृत्यू भएको छ । विहान करिब ४ बजे मे १ ख १८९१ नंम्बरको बस दुर्घटना हुदा अन्य १४ जना घाईते भएका छन् ।

मृत्यू हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी रहेका छन् । घाईते ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाईएको ओखलढुंगाका प्रहरी जवान गोकर्ण खड्काले जानकारी दिए ।

घाईते अन्यलाई पनि काठमाण्डौ पठाउने तयारी गरिएको छ । बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु