ओखलढुंगामा थप एक जनामा कोरोना पुष्टि

नवराज कार्की,
ओखलढुंगा, असार ३०


ओखलढुंगाको सुनकोशी गाउँपालिकाका एक युवामा कोरोना पुष्टि भएको छ । संक्रमित २४ वर्षीय युवा रहेका छन् ।

जिल्लाबाट पछिल्लोपटक परीक्षणका लागि पठाइएका २१ मध्ये एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख समुन तिवारीले बताए । संक्रमित युवा गएको असार २६ गतेका दिन साउदी अरेबियाबाट ओखलढुंगा आएका थिए ।

उनी ओखलढुंगा सदरमुकामस्थित क्वारेन्टाइनमा रहेका छन् । संक्रमित युवालाई ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ । ओखलढुंगामा हालसम्म ६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् । ३ जनाको ओखलढुंगा सामुदायिक अस्पतालको क्वारेन्टाइनमा उपचार भइरहेको छ । एक जना क्यान्सरपीडित बृद्धलाई भने लिखु गाउँपालिका २ स्थित घरमै राखेर उपचार भइरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!