ओखलढुंगामा चुनाव लड्न भन्दै शिक्षकले गरे राजीनामा

हिमाल एफ एम, १० बैशाख,

ओखलढुंगामा स्थानीय तहको चुनावमा पार्टीले टिकट दिने भएपछि शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् ।
जिल्ला शिक्षा कार्यालयमा १० जना शिक्षकले राजीनामा पत्र बुझाइ सकेका छन् । टिकट निश्चित भएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे रहनुभएको छ । पौडेलले वडा प्रमुख र घिमिरेले चम्पादेवी गाउँपालिकाको प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिएको बताउनुभयो ।

त्यस्तै चुनाव लड्न शिक्षक संघका तीर्थ घिमिरे, लोकबहादुर राई, मोहन तामाङ, केशव लुइँटेलले राजीनामा दिनुभएको छ । माओवादी केन्द्र निकटका देवराज श्रेष्ठ र धनश्याम दाहाललले पनि राजीनामा दिनुभएको छ । उहाँहरुले वडा अध्यक्षको उम्मेद्वारी दिने तयारी गर्नुभएको छ ।

त्यस्तै वेदबहादुर रोक्काले गाउँपालिका प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिने तयारी गरेको कांग्रेस नेताहरुले बताएका छन् ।

पार्टीमा क्रियाशील कार्यकर्ताहरुले भने जागिरेहरुलाई टिकट दिन नहुनेमा पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । जिल्ला शिक्षा कार्यालयले राजीनामा धमाधम आए पनि प्रयोजन भने नखुलेको जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!