ओखलढुंगाको माम्खामा पहिरोमा परि २ जनाको मृत्यु

बिक्रम श्रेष्ठ । असार १६–
ओखलढुंगाको माम्खा गाविसमा पहिरोले पुरीएर २ जनाको ज्यान गएको छ । आज विहान ११ बजे गएको माम्खा ७ स्थित भडारेको पहिरोमा परी माम्खा गाविस वडा नम्वर ९ का २ जनाको ज्यान गएको हो । पहिरोमा परि ज्यान गुमाउनेहरुमा माम्खा ९ सोलाघरका १८ बर्षीय बुद्धिमान तामाङ र सोही ठाउँका १७ बर्षीय नविन विक रहेका छन् । माम्खा बाट रातमाटे जाने क्रममा बाटो हिडीरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरेर वेपत्ता बनाएका दुवै जना लाइ उद्दार गर्दा मृत्यू भइसकेको प्रहरीले जनाएको छ । उद्दारका लागि रुम्जाटार बाट गएको प्रहरी टोलीले उनिहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने र त्यस पशचात आफन्त लाइ बुझाउने जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई उदृत गर्दै संबाददाता जीवन शर्माले जानकारी दिनुभयो । बर्षा लागेसंगै यो पहिरोले दर्जनौ घर परिवार लाइ दुख दिने गरेको छ । बर्षेनी जाने पहिरोका कारण माम्खा ७ र ८ का ५० घर भन्दा बढी परिवार विस्थापित भइसकेको स्थानीय मुगाधन राइले बताए । यसको रोक थामका लागि राज्यले करोडौंको लगानी गर्नु पर्ने देखिएपनि यस तर्फ सम्बन्धित निकायले चासो दिन नसक्दा बर्षेनी दर्जन भन्दा बढी घरपरिवारले दुख वेहोर्नु परेको स्थानीयहरुको भनाइ छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु