ओखलढुंगाको जन्तरखानीमा लडेर एक महिलाको मृत्यु

नवराज कार्की,
ओखलढुंगा, साउन ७

ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ६ मा एक महिलाको लडेर मृत्यु भएको छ । घरछेउकै कुलोको डिलबाट लडेर हिजो मंगलबार ५४ वर्षीय चन्द्रकला राई मगरको मृत्यु भएको हो ।

मृतक चन्द्रकला छारे रोगको विरामी रहेको खुलेको छ । हिजो साँझ घटना भएपनि उनको परिवारले विहान मात्रै प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुगेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मिलन बस्नेतले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!