ओखलढुंगाका सीमा नाकामा हेल्थ डेस्क

नवराज कार्की,
ओखलढुंगा, जेठ २०


ओखलढुंगाका सीमा नाकामा हेल्थ डेस्कको स्थायी संरचना निर्माण गरिने भएको छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा स्थायी संरचना निर्माण गरिने भएको हो ।

छिमेकी जिल्लाबाट प्रवेश गर्ने नाकामा अस्थायी प्रकृतिका संरचनालाई हटाएर स्थायी संरचना निर्माण गरिने कमाण्ड पोष्टले जनाएको छ । जसका लागि ओखलढुंगा उद्योग वाणिज्य संघको सहयोगमा हर्कपुर नाकामा संरचना निर्माण हुँदै छ ।

ओखलढुंगाको रमाइलोडाँडामा निर्माण व्यवसायी संघ ओखलढुंगाले संरचना निर्माण गर्ने भएको छ ।

यस्तै जिल्लाको साँघुटार र शिरीषे नाकामा पनि स्थायी संरचना निर्माणको तयारी भइरहेको पोष्टको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!