ओखलढुंगाका वन्यजन्तुपीडित १६ किसानले पाए आर्थिक राहत

नवराज कार्की,
ओखलढुंगा, असार २७

वन्यजन्तुपीडित ओखलढुंगाका १६ जना किसानले पहिलो पटक आर्थिक राहत पाएका छन् । चितुवाले घरपालुवा जनावरलाई क्षति पुर्याएपछि उनीहरुलाई मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालय संखुवासभामार्फत डिभिजन वन कार्यालय ओखलढुंगाले राहत उपलब्ध गराएको हो ।

कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिशको आधारमा मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयबाट प्राप्त २ लाख ९३ हजार १ सय ६४ रुपैयाँ राहत किसानलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । वन्यजन्तुपीडित किसानले २ हजार ७ सय ५९ देखि ७५ हजार रुपैयाँसम्म राहत पाएका छन् ।

राहत पाउने किसानहरू १५ जना चम्पादेवीको पलापुका रहेका छन् । जहाँ गएको साउनमा चितुवाले आतंक मच्चाएर दर्जनौँ खसीबोका मारेको थियो । अर्का किसान भने मानेभञ्ज्याङ गाउँपालिकाका रहेका छन् । उनका पनि चितुवाले बाख्रा खाएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!