ओखलढुंगाका थप २ जनाको कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ

नवराज कार्की,
ओखलढुंगा, जेठ १७


ओखलढुंगाबाट कोरोना परीक्षणका लागि काठमाडौँ स्वाब पठाइएका थप २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यससँगै जिल्लामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट नेगेटिभ रिपोर्ट आउनेको संख्या २४ पुगेको छ ।

जिल्लाबाट पीसीआरका लागि स्वाब पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए । अब पीसीआरको रिपोर्ट आउन बाँकी संख्या नभएको तिवारीको भनाई छ ।

यस्तै जिल्लामा ३ सय ८५ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । ओखलढुंगामा हालसम्म कोरोना पोजेटिभ देखिएको छैन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!