ओखलढुंगाका थप एक पुरुषमा कोरोना संक्रमण

नवराज कार्की,
ओखलढुंगा, साउन १३


ओखलढुंगामा थप एक पुरुषमा कोरोना संक्रमण भएको छ ।

दुवईबाट जिल्ला फर्किएर सिद्धिचरण नगरपालिकास्थित सगरमाथा माविको क्वारेन्टाइनमा रहेका २६ वषीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

जिल्लाबाट स्वाब परीक्षणका लागि पठाइएका ६७ जनामध्ये एकजनाको कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

कोरोना पुष्टि भएका ती पुरुष सिद्धिचरण नगरपालिकाकै रहेका छन् । उनी गएको साउन २ गते जिल्ला आइपुगेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!