ऐसेलुखर्क गाउँपालिका चौरी प्रर्वद्धनमा

शिखर गजरकोटे
सोलुखुम्बु, असोज २४

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चौरी प्रर्वद्धन कार्यक्रम शुरु गरेको छ । गाउँपालिका १ राखावाङदेलको बाहाने सिप्दु क्षेत्रमा चौरी प्रर्वद्धन कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिनुभयो ।

सिप्दु क्षेत्रमा शेर्पा समुदायले पाल्दै आएको चौरी लोपउन्मुख अवस्थामा पुगेकाले गाउँपालिका अन्तरगत पशुसेवा शाखावाट तय गरिएको कार्यक्रमवाट आज परजीवी नियन्त्रणका लागि औषधि, चौरीका लागि पौष्ट्रिक तत्व, दुध व्यवस्थापनका लागि प्लाष्टिकका बाल्टी चौरीखर्कमा नै पुगेर वितरण गरिएको अध्यक्ष निरौलाको भनाई छ ।

९ घर रहेको सिप्दुमा २ घरले मात्र ५० वटा चौरीपालन गर्दै आएका छन् । याक अभावमा चौरीपालन लोप हुदै आएको उनीहरुको भनाई छ ।

चौरीपालकले याक आवश्यक रहेको बताएपछि कृषकलाई प्रोत्साहन गर्नका लागि आगामी बर्षमा याक खरिद गर्ने र आवश्यक कार्यक्रम तर्जुमा गर्ने गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो । हिमाल एफ एमसंग कुरा गर्दै अध्यक्ष निरौलाले बाहाने सिप्दु क्षेत्रमा चौरीपालनको सम्भाव्यता समेत गरिने बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु