ऐसेलुखर्कमा कोरोनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएसँगै थुलुङ दुधकोशीका नाका बन्द

सोलुखुम्बु, जेठ १७


खोटाङको ऐसेलुखर्कमा ५ जनामा कोरोनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाले खोटाङसँग जोडिएका सिमा नाका बन्द गरेको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाकाको ९ लोखिम ४ र ५ जुबुसँग जोडिएका सिमानाका बन्द गरिएको हो ।

गाउँपालिकामा मानिसको आवतजावत बढि हुने भएकाले पूर्वी नाका बन्द गरिएको लोखिमका वडाध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो ।

आरिडिटि रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएमा नाका खुलाईने छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!