ऐसेलुखर्कको बजेट सर्बसहमतिले पारित

सोलुखुम्बु, असार २६


खोटाङको ऐसेलुखर्क गाउपालिकाले आगामि आर्थिक वर्ष २०७७–७८को बजेट सर्बसहमतिले पारित गरेको छ ।

शुक्रबार सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले पेश गर्नुभएको ४१ करोड ६० लाख २३ हजार बजेट पारित गरिएको हो ।

गाउँपालिकाले आगामि आर्थिक वर्षमा कृषि तथा पशु सेवा तर्फ ४१ लाख ८९ हजार, स्वास्थ्य सेवा तर्फ ८५ लाख ८८ हजार २५०, शिक्षा तर्फ ९८ लाख ८८ हजार, लक्षित वर्गतर्फ २४ लाख ९० हजार, कला धर्म संस्कृति तर्फ १३ लाख १० हजार, खेलकुद तर्फ १३ लाख ५० हजार, युवा रोजगार कार्यक्रम तर्फ १० लाख, विपद् व्यवस्थापन तर्फ ६० लाख, सेयर लगानीमा ५० लाख, समपुरक कोष तर्फ १ करोड ३० लाख, खानेपानी तर्फ ३३ लाख ३० हजार, सिचाई तर्फ २ लाख ३० हजार, पर्यटन तर्फ २ लाख ३० हजार, वन तथा वातारवण तर्फ १ लाख, संस्थागत विकास तर्फ ५२ लाख, पुर्वाधार विकास तर्फ ४ करोड ४७ लाख ८७ हजार ४ सय बजेट बिनियोजन गरिएको सहकर्मी खेमराज पुरीले बताए । गाउँसभा गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको अध्यक्षतामा भएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!