ऐशेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत निरौलाको विदाई


हिमाल एफ.एम,
सोलुखुम्बु,कार्तिक ५

ऐशेलुखर्क गाउँपालिका खोटाङका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाको विदाई गरिएको छ । पालिकाको स्थापना कालदेखि पालिकामा कार्यरत निरौलाको आज एक कार्यक्रमका विच विदाई गरिएको हो ।

२०७३ साल देखि अनवरत रुपमा ऐशेलुखर्कको सेवा गरेको भन्दै गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले प्रशंसा गर्नु भयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत निरौलाले आफुले पालिकामा रहुन्जेल सेवा प्रवाह र शुसासनको प्रत्याभुमि दिलाउन कुनै कन्जुस्याई नगरेको भन्दै समृद्धिको लागि आधारशिला तय भईसकेको बताउनु भयो । झापा गाउँपालिका सरुवा भई कार्यक्षेत्र जानु अघि निरौलाले ऐशुखर्कबासिको माया र सद्भाव आफ्नो भावि कार्यकालका लागि प्रेरणाको श्रोत बन्ने बताउनु भयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!