एसीसी प्रिमियर लिग क्रिकेट : नेपालद्वारा युएई ४ विकेटले पराजित

हिमाल एफ एम , बैशाख १८- चिरप्रतिद्वन्दी युएर्इलार्इ ४ विकेटले पराजित गर्दै एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरूवात गरेको छ । युएईले दिएको १९२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले ३९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको संयुक्त अरब इमिरेट्स युएईले ४८ दशमलब १ ओभरमा सवै विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । युएईका लागि स्वप्नील पाटिलले ७६ रन बनाए भने, कृष्णचन्द्रन कराटेले ३६ र मोहम्मद साहजादले २५ रन जोडेका थिए । प्रतियोगितामा सोमपाल कामी र मेहबुब आलमले तीन तीन विकेट लिए भने शक्ति गौचनले २ र सागर पुनले १ विकेट हात पारे । नेपालले चौथो ओभर जारी रहँदा पहिलो विकेट लिएको थियो । पहिलो विकेट जाँदा युएईको १५ रन मात्र थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!