एमाले सोलुखुम्बुले महाधिबेशन अघि जिल्ला अधिबेशन नगर्ने

बिक्रम श्रेष्ठ चैत्र ५– नेकपा एमाले सोलुखुम्बुले पार्टीको नवौँ महाधिबेशन अघि जिल्ला अधिबेशन नगर्ने भएको छ । आगामी १५ गते भित्र अधिबेशन गर्न केन्द्रीय कमिटिले समय सिमा दिएकोले त्यस समयाबधीमा अधिबेशन गर्न असम्भब भएकोले नगर्ने निर्णय भएको एमाले जिलला कमिटि सदस्य डुफ कुमार बास्तोलाले जानकारी दिनुभएको छ । दुई दिन देखी जारी जिल्ला कमिटिको बैठकको निर्णय सुनाउदै सचिब बास्तोलाले महाधिबेन अघि अधिबेशन गर्नै पर्ने बाध्यात्मक परिस्थीति समेत नभएकोले महाधिबेशन पछि अधिबेशनबाट जिल्लाका लागी नयाँ नेतृत्व चयन गर्ने जानकारी दिनुभयो । साथै बैठकले महाधिबेशनको तयारी स्वरुप नवौा महाधिबेनका लागी जिल्ला भित्रका क्रियाशिल सदस्यहरुको पार्टी सदस्यता नबिकरणका लागी जिल्ला कमिटिका सबै सदस्यहरुलाई जिम्मेवारी दिएको छ । आगामी १५ गते भित्र संगठित सदस्यहरुका सदस्यता नबिरकणका लागी जिम्मेवारी दिईएको हो भने चैत्रको अन्तीम सम्ममा नबिरकण गरिएका सदस्यहरुको नाम केन्द्रीय कमिटिमा पठाईसक्ने एमालेको योजना छ ।

साथै आजको बैठकले राजनितिक नियुक्ति हुने जिल्ला भित्र रहेका बिभिन्न समितिहरुमा नेतृत्वका लागी नाम समेत सिफारिस गरेको छ । जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा सचिवालय सदस्य डि बि नेपालीको नाम सिफारिस गरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य समेत बनिसक्नुभएका नेपालीलाई अध्यक्षमा सिफारिस गरिएको हो भने गार्मा पर्बतिय प्रतिष्ठान बिकास समतिका अध्यक्षमा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य डि बि किराती तथा पार्टी सचिवालय सदस्य सन्तोष मगरलाईलाई नियुक्तिको सिफारिस गरेको छ । त्यस्तै जिल्ला अस्पताल फाप्लुको ब्यबस्थापन समिति अध्यक्षमा जिल्ला सदस्य डिल्ली राईलाई सिफारिस गरिएको एमालेले जनाएको छ ।

यसैबिच, बैठककै समयमा नेकपा एमालेको देखा आयोगका अध्यक्ष सहितको एक टोलीले पार्टीको लेखा ब्यबस्था संबनधी जिल्ला स्तरका नेताहरुलाई प्रशिक्षण दिएको छ । आयोगका अध्यक्ष पुष्प कडेल, सदस्य किशोर अधिकारी, बिरोध खतिवडा तथा बिष्णु पन्थीले पार्टीको लेखा ब्यबस्थापनका बारेमा प्रशिक्षण दिएको हो । बैठकमा गएको निर्बाचनमा प्रत्यक्ष उमेदवार आङनिमा लामा, कार्यबहाक अध्यक्ष मानबीर राई, सचिब डुफ कुमार बास्तोला लगायत जिल्ला कमिति सदस्यहरुको उपस्थीति रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!