एमाले सोलुखुम्बुको नेतृत्वलाइ दुइ वटा प्यानल खडा

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, २६ भदौ–
एमाले सोलुखुम्बुका लागि दुइ वटा प्यानल खडा भएको छ । सहमति नभए पछि नेकपा एमाले सोलुखुम्बुले आज मतदानबाट नयाँ नेतृत्व चुन्ने भएको छ । छैठौँ अधिबेशनको बन्द सत्रहलमा सहमति जुट्न नसकेको हो । हिजो अपरान्ह सम्म सहमतिका लागि प्रेयास गर्दा पनि प्रयास बिफल भए पछि दुइवटा प्यानल चुनाबमा जान आ–आफ्नै तयारीमा लागि परेको थियो । हिजो साँझ उमेदवारीका लागि फारम बितरण गरिएको छ । आज बिहान ७ बजे उमेदवारहरुको मनोनयन दर्ता गरिने, र प्रक्रिया अघि बढाएर साँझ सम्ममा नयाँ कार्य समिति चयन गरिसक्ने निर्बाचण्न मण्डलले जनाएको छ । दुबै प्यानलले नाम सार्बजनिक गरिसकेको छ । जस अनुसार सस्थापन केपी शर्मा वली पक्षबाट अध्यक्षमा मानबीर राइ, उपाध्यक्षमा डुफ कुमार बास्तोला, सचिबमा हर्क राइ र उपसचिबमा रामकाजी श्रेष्ठ उठ्ने भएका छन् । त्यस्तै माधन नेपाल पक्षधरबाट अध्यक्षका लागि आङनिमा लामा, उपाध्यक्षमा जुद्ध कार्की, सचिबमा डिल्ली राइ र उपसचिबमा निमदोर्जी शेर्पा उठ्ने भएका छन् । यस अघि डुफ कुमार बास्तोला अध्यक्षका लागि आफु अन्तिम प्रत्यासी भने पनि उनले चुनाबी प्रक्रियामा जाँदा उपाध्यक्षमा चित्त बुझाउने भएका छन् । जिल्ला बिकास समितिको हल सल्लेरीमा केहीबेरमा निर्बाचन प्रक्रिया सुरु हुने एमालेको केन्द्रीय निर्बाचन कमिटिका सदस्य एब छैठौ जिल्ला अधिबेशन सोलुखुम्बुको निर्बाचन मण्डलका संयोजक सोमप्रदास प्यासीले जानकारी दिनुभयो ।

अधिबेशनमा नयाँ नेतृत्व चयनका लागि सबै गाबिसबाट ३ सय ७५ प्रतिनिधिहरु सहभागी रहेका छन् । अध्यक्षका प्रत्यासी आङनिमा लामा यस अघि पनि पार्टी अध्यक्ष चलाइसकेका ब्यक्ति हुन् । सदरमुकाम बाहिर अधिकांश गाबिसमा कार्यकर्ता माझ बलियो पक्कड बनाएका लामा फेरी अध्यक्ष बनेर संगठन बलियो बनाउने सुरमा छन् ।
यस्तै दोस्रो संबिधान सभा निर्बाचन हुनु भन्दा पहिले देखि कार्यबहाक अध्यक्ष पद सम्हालेका तात्कालिन उपाध्यक्ष मानबीर राइ पनि अध्यक्षका लागि तयारी गरेका हुन् । आफुलाइ जिल्लाको राजनितिक गुटमा तटस्थ मान्दै आएका राइ निर्बाचनमा जाने भए पछि बुद्धिकुमार राजभण्डारी पक्षमा मिलेका हुन् । मानबीर राइ आफ्नो पक्षसंग मिल्ने भए पछि अध्यक्षका प्रत्यासी बताउदै आउनुभएका डुफ कुमार बास्तोला उपाध्यक्षमा बस्न तयार हुनु भएको बुझीएको छ । तर केही प्रतिनिधिहरुले भने मानबीर राइ सस्थापन पक्षबाट अध्यक्षका प्रत्यासी बने पछि राजभण्डारी पक्ष मतका लागि केही बलियो भएको छ । तर लामा पक्षलाइ असहयोग गरे पछि मानबीर राइसंग रहेको धेरै मत लामाकै लागि सुरक्षीत हुने बिश्लेषण पनि प्रतिनिधिहरुले गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!