एमाले नेताहरुको असन्तुष्टी फेसबुकमा छताछुल्ल, कतै सामूहिक राजिनामा

काठमाडौं, पुस १४ – नेकपा एमालेले चर्चित युवा नेताहरुलाई समानुपातिक सभासदमा नसमेटेपछि पार्टीभित्र असन्तुष्टी बढेको छ । पार्टीमा रगत पसिना बगाएका नेताहरुलाई पाखा लगाएर मोटो पैसा दिन सक्नेहरुलाई अघि सारिएको भन्दै असन्तुष्टी बढेको हो ।

युवा नेतृ रामकुमारी झाँक्रीले आफ्नो फेसबुक पेजमा खुलेरै असन्तुष्टी पोख्नुभएको छ भने अरु कार्यकर्ताले उहाँ र अरु नेताहरुको फेसबुक पेजमा पार्टी निर्णयप्रति विरोध जनाउँदै टिप्पणी लेखेका छन् ।

यसअघि प्रत्यक्षतर्फ टिकट नपाए लगत्तै फेसबुकमा टिप्पणी राखेका राजेन्द्र राईले यसपटक भने आफूले केही लेख्नुभएको छैन । यस्तै चर्चामा रहेर पनि यसपटक समानुपातिकको सूचीमा नपरेका युवा नेता ठाकुर गैरेले पनि आफ्नो पेजबुक पेजमा केही टिप्पणी गर्नुभएको छैन ।

समानुपातिकको सूचीमा नपरेका नेता प्रदीप नेपालले समानुपातिकमा परेकालाई बधाई दिँदै अरुलाई चित्त नदुखाउन आग्रह गर्नुभएको छ ।

हाम्रो पार्टी नेकपा एमालेले समानुपातिक उम्मेद्वारको नामावली प्रस्तुत गरेछ । जो पर्नु भयो उहाँहरु सबैलाई बधाई छ । जो पर्नु भएन, उहाँहरुले चित्त दुखाएर पनि केही नपाउने हुनाले आफ्नो काममा एकाग्र चित्तले लाग्नु हुन अनुरोध गर्दछु ।

विद्यार्थी आन्दोलनमा सकृय भूमिका निर्वाह गर्नुभएकी चर्चित नेतृ रामकुमारी झाँक्रीले आफ्नो फेसबुक पेजमा यसरी असन्तुष्टी पोख्नुभएको छ .

ुराजननीति निर्मम हुन्छ जहाँ मानिसको कुनै रगत, पसिना, आँशु र इतिहासको मुल्य हुदैन भन्ने सुनेकी थिएँ , मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीको लागि विष्णुमतिमा बगेको पानी जस्तै भएछ।  विगतले गिजाए जस्तै भाको छ । राजनीतिमा म तत्काल केहि पाउन र पाइन्छ भनेर लागेकै होइन । समाज भित्र जुन सामाजिक असमानता त्यसलाई हटाउनु पर्छ र हटाउन सकिन्छ भन्ने विश्वासले यो परिवर्तनको आन्दोलनमा लागेकी हुँ ।मेरो बिश्वास डगमगाएको छैन म परिवर्तनको आन्दोलनमा लागिनै रहने छु। तर सबाल छ समानुपातिकतर्फको पार्टी निर्णयः यसले सायद धेरै साथीहरूलाई जस्तै मलाई पनि आर्श्यचकित बनायो ।ु

पार्टीले युवा नेताहरुको नाम समावेश नगरेको भन्दै अनेरास्ववियुकी नेतृ उषाकिरण तिमिल्सिनाले फेसबुक पेजमा यसरी आक्रोश पोख्नुभएको छ स्

कामचोर , घुसखोर कर्मचारी , दलाल , बैङक डिफल्टर , भ्याट बिल छलेका, कर नतिर्नेहरु सभासद बन्ने रुरु अनि ४ कक्षा पढ्ढादेखि परिबर्तनको, चेतनाको कुरा गर्ने राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झान्क्रीहरु नपर्ने रु।।।।। पार्टीमा अथाह योगदान गरेका राज्यलक्ष्मी गोल्छा, इच्छाराम, शेरचनलगायत् केही कुस्त नोट उठाएर हाम्रा मठाधीशहरुको हरेक इच्छा पुरा गरिदिनेहरु पनि सभासद बन्ने हुनुभएछ । हाम्रा मठाधीशहरुको जय होस ।।।।

यस्तै राधाकृष्ण देउजाले सबैजसो एमाले नेताहरुको फेसबुक पेजमा ट्याग गर्दै पार्टी नेतृत्वको बिरोध गर्नुभएको छ । जसलाई नेता प्रदीप नेपालले शेयर समेत गर्नुभएको छ ।

एमालेको समानुपातिक सूची सार्वजनिक भएको छ, जातजाती ,धर्म, क्षेत्र,समुदायलगायत कुराहरु मिलाउनु पर्ने भएको हुनाले ३२५ बाट ८४ जना छान्न सहज पक्कै थिएन  त्यही सहज नभएको हुनाले स्थाई कमिटीको वैठकलाईसमेत सभासद छान्न तीन दिन लाग्यो भन्ने सुनियो  िखगराज अधिकारी जस्ता गौरव गर्न लाएक विगत र जुझारु वर्तमान भएका त्यागी नेता , लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाहा गरेका राजेन्द्रकुमार राई जस्ता युवा नेता, रामकुमारी झाँक्री जस्तो जुझारु महिला नेतृ, सोमनाथ प्यासी र जागृत भेटवाल जस्ता गौरवपूर्ण विगत र सक्रिय वर्तमान वोकेका थुप्रै नेताहरु छुटेको एमालेको समानुपातिक सूची एमाले कार्यकर्ताको निम्ति पक्कै वाहि( वाहिको विषय हुने छैन  िफेरी पनि उनीहरुले कानुनी, व्यवहारिक र परिस्थितिजन्य वाध्यता भन्दै अमिलो मन लिएर मन बुझाउलान तर २०६२र६३ को आन्दोलन पश्चात नेपालको राजनीतिमा हिंशा र आतंकको आडमा उदाएको एकीकृत माओवादीको गलत विचार , व्यवहार र गतिविधिलाई भण्डाफोर गर्दै एक नम्बर भएको पार्टीलाई उसको धरातल देखाउने , समग्र निर्वाचन हाँकेर , प्रचारप्रसारलाई उत्कृष्ट बनाएर , सकियो अव भनेको एमालेलाई नेपाली राजनीतिको मुलधारको पार्टीको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाहा गर्ने प्रदिप नेपाललाइ सभासद नबाउने निर्णयले भने उनीहरुको मन सधैं रुवाउने छ  सदैव कार्यकर्ताको मनोवल वढाउने , हारेका अवस्थामा पनि जित्ने सपना देखाउन सक्ने नेताहरुलाई समेट्ने सम्भावना हुँदा हुँदै पनि पाखा लगाउने कार्यले खै कसको हित गर्ला ?

यसैबिच, समानुपातिक तर्फको सभाषद चयनमा सोलुखुम्बुबाट प्रतिनिधित्व नगराइएको भन्दै एमाले सोलुखुम्बूद्धारा सामूहिक राजीनामा दिएका छन् ।
सोलुखुम्बुलाई हेर्ने पार्टीको दृष्टिकोण्ँ सकृणर््ँ रहेको तथा सहभागिता मुलक लोकतन्त्रको मुल मर्म, समावेशीकरण्ँको सिद्धान्त विपरित गएर सोलुखुम्बुलाई प्रतिनिधित्व नगराइएको भन्दै जिल्ला कमिटीमा रहेका कार्यबहाक अध्यक्ष सहित ४० जना जिल्ला सदस्यहरुले सामूहिक राजिनामा दिएकोसचिब डुफ कुमार बास्तोलाले जानकारी दिनुभएको छ ।
प्रत्यक्ष तर्फ कांग्रेसको उम्मेद्धार बल बहादुर केसि संग हार व्यहोरेको एमालेले सोलुखुम्बुबाट समानुपातिक उमेदवारको रुपमा बुद्धिकुमार राजभण्डारीलाई उम्मेद्धार बनाएको थियो । समानुपातिक तर्फवाट संविधान सभामा सोलुखुम्बुवाट प्रतिनिधित्व हुने ठूलो आशामा रहेका एमालेका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु समानुपातिक सभाषदमा छनौट नगरिएपछि एमाले नेतृत्वको चर्को आलोचना भएको छ ।
नेकपा एमाले केन्दिय कमिटि, पोलिटव्यूरो र स्थायी कमिटिप्रति दुःख व्यक्त गर्दै पाचौ ऐतिहासिक जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिले सामूहिक राजिनामा दिएसंगै उनीहरुले पार्टीको चल अचल सम्पत्ति र दायित्व बुझी बुझारथ गर्न स्थायी कमिटिलाई अनुरोध समेत गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु