एमालेले बनायो २८ हजार घर र एक हजार स्कुल

gokarna-bista6हिमाल एफ एम, ७ असार – नेकपा एमालेले राष्ट्रिय स्वयंसेवक परिचालन अभियानलाई अझ प्रभावकारी बनाउने भएको छ ।

स्वयंसेवक परिचालन अभियानले सोमबार पार्टी मुख्यालय बल्खुमा गरेको कार्यक्रममा अभियानका संयोजक गोकर्ण बिष्टले अभियानलाई अझै प्रभावकारी बनाएर जनतामाझ पुग्ने जानकारी दिए ।

उनले एमालेको स्वयंसेवक अभियानमार्फत् भूकम्प प्रभावित क्षेत्रमा २८ हजार आवासगृह, १ हजार स्कुल र ५ हजार स्वास्थ्यचौकी निर्माण गरिसकिएको जानकारी दिए ।

एमालेले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि २५ जिल्लाका ८३ निर्वाचन क्षेत्रका स्वयंसेवक परिचालन गरेको छ । एमालेले ‘सगरमाथा सग्लै छ, हाम्रो चिनारी अग्लै छ’ भन्ने नाराका साथ पुनःनिर्माणको अभियान सन्चालन गरेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु