एमालेले छान्यो खुम्बुको उम्मेदवार, गाउँपालिका अध्यक्षमा ङिमदोर्जी शेर्पा

भानुभक्त निरौला, १ बैशाख ।

सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँ पालिकामा आसन्न स्थानीय निर्वाचनका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारी सिफारिस गरेको छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्रमा अवस्थित उक्त गाउपालिकामा अध्यक्षका लागि युवा नेता एवं चौरीखर्क लुक्लाका ङिमादोर्जी शेर्पा र उपाध्यक्षमा टासि ल्हमु शेर्पालाई एमालेले अघि सारेको हो ।

गाउँ पालिका सँगै ५ वटै वडामा समेत उम्मेदवारहरुको नामलाई अन्तिम रुप दिएको एमालेले १ मा ङिमादोर्जी शेर्पा, २ मा आङफुर्वा शेर्पा, ३ मा मिङमाछिरी शेर्पा, ४ मा लक्ष्मण अधिकारी र ५ नम्बर वडामा लामाकाजी शेर्पालाई अध्यक्षको उम्मेदवार बनाएको हो । यस अघिका चुनावमा एमालेको पक्कडको रुपमा हेरिएको माथिल्लो क्षेत्रमा यस पटकको चुनावमा भने काँग्रेस र एमाले विच कडा प्रतिपश्पर्धा हुने अनुमान गरेको छ । नेपाली काँग्रेसले लुक्लाकै ब्यवशायी तथा समाजसेवी चुङबा शेर्पालाई अगाडी सार्ने देखिएको छ भने चुङ्बालाई नेकपा माओबादी केन्द्रले पनि समर्थन गर्ने संभावनाका कारण कडा प्रतिश्पर्धा हुने देखिएको हो ।

खुम्बु पासाङल्हमुमा नेकपा एमालेले नाम्चेका सोनामग्याल्जेन शेर्पालाई अगाडी सार्ने चर्चा भए पनि काँग्रेसले लुक्लाका चुङबा शेर्पालाई अगाडी सार्ने भएपछि लुक्लाकै ङिमदोर्जीलाई अगाडी सारेको हुन सक्ने विश्लेषकहरुको अनुमान छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!