एमालेले गृहबारे विवाद टुंग्याउने

बिक्रम श्रेष्ठ, फागुन ११– नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा आज गृहमन्त्रालयबारे कांग्रेससँग भएको विवादलाई टुंग्याउने विषयमा छलफल हुने भएको छ । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा जारी बैठकमा सरकार गठनका विषयलाई लिएर कांग्रेससँग भएको विवाद समाधान गर्नुका साथै पार्टीको नवौं महाधिवेशनका बारेमा छलफल हुनेछ । शनिबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सरकारका बारेमा स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै पार्टी पूर्ण रुपमा संविधान निर्माणमा केन्दि्रत हुनुपर्छ भनेका थिए । एमाले सरकारमा नगए पनि कांग्रेससँग भएको सात बुँदे सहमति अनुसार एक वर्ष भित्रमा संविधान निर्माण गर्न र स्थानीय निकायको निर्वाचन गराउन आफूहरु दृढ भएर लाग्नुपर्ने विषयमा नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!