एमाओवादी केन्द्रीय समिति बैठक मुख्यालय पेरिसडाँडामा आज बस्दै

AAAकाठमाडौं, चैत ६ – दुई बर्षभित्र सबभन्दा ठुलो पार्टी बनाउने अध्यक्ष पुष्पकमल दाहालको तीन महिने देशदौडाहाको एमाओवादीले शनिबार समीक्षा गर्दैछ। मुख्यालय पेरिसडाँमा दिउँसो दुई बजे डाकिएको केन्द्रीय समिति बैठकमा मोहन बैद्य किरण, मणि थापा र मातृका यादव नेतृत्वका माओवादीसित एकताबारे पनि छलफल हुने छ।

‘पार्टीको ज्यान त आइसक्या छैन। चलमलाउनचाहिँ चलमलाएको छ,’ दौडाहाबारे केन्द्रीय सदस्य हेमराज भण्डारीले सेतोपाटीसित भने।

अध्यक्ष दाहालले आफ्नो पुत्र प्रकाशलाई हेडक्वाटरमा काजफिर्ता गरेर पार्टी सुदृद्धिकरण अभियान थालेपछि आलोचना भएका थियो।

यसैगरी, बैठकमा एमाओवादीले आफू सम्मिलित केपी ओली सरकारको समीक्षा गर्नेछ। सरकारले राम्ररी काम गर्न नसकेको भनी सरकारको निर्णायक घटक एमाओवादीले आफ्नो दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीका समेत यसअघि आलोचना गरिसकेको छ।

पार्टी एकतासम्बन्धी अध्यक्ष दाहाल र महासचिव कृष्णबहादुर महाराले पटकपटक छलफल गरे पनि नेता बैद्य र बैद्य माओवादी नेता रामबहादुर थापा बादलको समूहबीच कुरा बाझिएपछि माओवादी एकता ‘भ्यागुताको धार्नी’ भएको छ।

बैद्यसहित सीपी गजुरेल, दिनेश शर्मा, रामसिंह श्रीस, परि थापा, सुरेश आलेमगरलगायतले राजनीतिक बिषयलाई थान्को लगाएर मात्र एकता गर्नुपर्नेमा अडिएका छन् भने बादल, देव गुरुंग, पम्फा भुसाल, कुलप्रसाद केसी, पूर्ण घर्ती मगर, रामदीप आचार्यलगायत त्यसको बिपक्षमा छन्।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!