एमाओवादी अध्यक्ष प्रचण्ड थाइल्याण्ड जाँदै

काठमाण्डौं, माघ १५
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड जाँदै छन्। बैंककमा उपचाररत पार्टी सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यस्थितिबारे थप जानकारी लिन प्रचण्ड शुक्रवार थाइल्याण्ड प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ।
प्रचण्ड नेपाल एयरलाइन्सको बिमानमार्फत बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। सचिव अनन्तको स्वास्थ्यमा सुधार आउन थालेपछि उनलाई नेपाल ल्याउने विषयमा बैंककस्थित चिकित्सिकहरुसँग छलफल गर्न प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!