एमाओवादीले यसकारण बोलायो केन्द्रीय नेता र सभासदहरुको संयुक्त बैठक

हिमाल एफ.एम चैत्र १७ । एकीकृत नेकपा माओवादीले केन्द्रीय सदस्यहरु र सभासदहरुको संयुक्त बैठक बोलाएको छ । मंगलबार बस्ने बैठकले आन्दोलनका कार्यक्रम, संविधान लेखन प्रक्रिया लगायत समसामयिक विषयमा छलफल हुने एमाओवादीले जनाएको छ ।
नेपाल बन्दको कार्यक्रम फिर्ता लिएपछि अपनाउने रणनीति तयार गर्न बैठक बोलाइएको एक नेताले बताए । ती नेताका अनुसार सत्तापक्ष दलहरुले पेलेर अघि बढ्न खोजे संविधान सभा बहिस्कारसम्मको निर्णय बैठकले लिने छ ।
‘कांग्रेस–एमालेको सल्लाहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान सभाको बैठक बोलाएको र एमाओवादीलाई पेलेर जाने रणनीति उनीहरुको रहेको एमाओवादीको बुझाई छ । त्यसैले अव के गर्ने भन्ने विषयमा छलफल गर्न संयुक्त बैठक बोलाइएको नेताहरुले बताएका छन ।
morcha-final-final2
कांग्रेस एमालेसँग मिलेर संविधान निर्माण गर्नुपर्ने तर्फ पनि एमाओवादीभित्र उठ्न थालेको छ । मधेसी दलहरुसँग मिलेर आन्दोलन गर्दा नेता तथा कार्यकर्ताहरु पार्टीबाट अलग हुन थालेको तर्फ पनि नेताहरुले बैठकमा ध्यानाकर्षण गराउने बताएका छन ।

एमाओवादीका नेताहरुले पटक–पटक संविधान सभा बहिस्कार गर्न सक्ने बताउँदै आएका छन ।

अनसनरत डा. गोविन्द केसीको माग र भिसा प्रक्रियाको काम विदेशीलाई दिने सरकारी तयारीको विषयमा समेत छलफल हुने बताइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु