एमाओवादीले जिल्ला संयोजकहरुको राष्ट्रिय भेला बोलायो

१५ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीले जिल्ला संयोजकहरुको राष्ट्रिय भेला बोलाएको छ । पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले राष्ट्रिय सम्मेलनको कार्यविधी तयार पार्न फागुन २१ गते राजधानीमा जिल्ला संयोजकहरुको राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । माओवादीले वैशाख १६ गते राष्ट्रिय सम्मेलन गर्दैछ ।

बैठकले संविधानसभाबाटै एक वर्षभित्र संविधान निर्माणका लागि आफ्नो तर्फबाट विशेष भूमिका खेल्ने निर्णय गरेको छ । अहिलेको संविधानसभामा जनताको एजेण्डाले उचित स्थान पाउने सम्भावना कम भए पनि पार्टीको तर्फबाट विशेष भूमिका खेल्ने निर्णय गरेको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न हरसम्भव प्रयास गर्ने र त्यसका लागि विभिन्न वर्ग, जाति, क्षेत्रका समुदायलाई साथमा लिएर अगाडि बढ्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता बोगटीले संविधान निर्माण, आगामी वैशाखमा आयोजना गरिएको विशेष साङ्गठनिक राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु