एमाओवादीले आज सभाषद छान्दै

काठमाडौं, पुस १४ – एमाओवादीले आइतबार समानुपातिक सभासदको अन्तिम सूची बनाउने भएको छ । सूचीलाई केन्द्रीय समिति बैठकबाट नाम अनुमोदन गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार सभासदको सूची तयार पार्ने जिम्मा नेता पोस्टबहादुर बोगटीलाई दिइएको छ । बोगटीले तयार पारेको सूची केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने छ ।

ुआइतबार केन्द्रीय समिति बैठकले समानुपातिक सभासदको सूची अनुमोदन गर्नेछ,ु सापकोटाले भने, ुत्यसका लागि मापदण्ड बनाइएको छ ।ु ५४ सिट पाएको एमाओवादीले यसअघि अवसर नपाएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ । सशस्त्र युद्धका क्रममा ुसहिदु, बेपत्ता परिवार, घाइते नेता तथा कार्यकर्ता, इमानदारीपूर्वक लामो समय पार्टीमा काम गरेकालाई सभासद बनाएर पठाइने छ ।

एउटै परिवारका दुई व्यक्ति पनि समानुपातिक सूचीमा पर्ने छैनन् । सकरभर प्रत्यक्षमा नजितेका जिल्लाकालाई समेट्ने तयारी छ । प्रभावशाली नेताका वरिपरिका व्यक्ति सभासद हुने कसरत गरिरहेकाले मापदण्ड तय गरे पनि अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समझदारीबाट समानुपातिक सूचीले अन्तिम रूप पाउने छ । प्रभावशाली नेतालाई प्रलोभनमा पारी सभासद हुनका लागि पछिल्लो समय एमाओवादीमा प्रवेश गर्नेहरूलाई लिएर पनि पार्टीभित्र विरोध छ । लामो समय पार्टीमा योगदान गरेकालाई सभासदमा चयन गर्न शीर्ष नेताहरूमाथि दबाब परेको छ । समानुपातिकको पहिलो सूची बुझाउने अघिल्लो दिन प्रवेश गरेका लार्केल लामालाई सभासद नबनाउन दबाब परेको एक नेताले बताए । लामाको एमाओवादी प्रवेश सभासद हुन केन्द्रित भएकाले विरोध भएको ती नेताले बताए । सभासद हुने चाहनेहरू दाहाल, भट्टराई र श्रेष्ठलाई भेटै हिँडेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु