एमाओवादीको राष्ट्रिय सम्मेलन सुरु

हिमाल एफ एम , बैशाख १८- एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनको उदघाटन शत्र बिराटनगरको शहीद मैदानमा सुरु भएको छ । दिउँसो १ बजेबाट शुरु हुने भनिएको उदघाटन कार्यक्रम दुई घण्टा ढीलो शुरु भएको हो । उद्घाटन कार्यक्रममा प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी लगायतका सबै नेताहरु कार्यक्रममा उपस्थित छन् । कार्यक्रमको सञ्चालन वर्षमान पुनले गरिरहेका छन् ।
कार्यक्रमको शुरुमा विद्यार्थी नेता हिमाल शर्माले भाषण गरेका छन् । शर्मापछि मजदुर नेता शालिकराम जमर कट्टेलले मन्तव्य दिएका छन् । कार्यक्रमस्थलमा ४/५ हजार जनसमुह र कार्यकर्ताको सहभागिता रहेको र थप मानिसहरु आउने क्रम जारी छ । पानी पर्न खोजेकाले बिराटनगरको मौसम शीतल बनेको छ । सम्मेलन तयारीका लागि मञ्च तथा हल व्यवस्थापन, खानाको तयारी, स्वागत गेट निर्माणलगायतका कार्य एमाओवादी कार्यकर्ता खटिरहेका छन् । अन्तरराष्ट्रिय मजदुर दिवसको दिन पारेर बिराटनगरको शहिद रंगशालामा उद्घाटन कार्यक्रम सुरू गरिएको छ । सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । त्यसपछि वीरेन्द्र सभागृहमा पाँचदिनसम्म बन्द सत्र सञ्चालन हुनेछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!