एभरेस्ट म्यारथन १७ औं संस्करणको उपाधि सुमन र सुनमायालाई

हिमाल एफ.एम.
सोलुखुम्बु, जेठ १५
तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढाले हात पारेका छन् ।
६६ औं अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गरे भने महिलातर्फ सुनमाया बुढाले ५ घण्टा तीन मिनेट ४ सेकेण्डमा पूरा गरिन् ।

पुरुषतर्फ कपिलदेव बुढा निर्धा्रित दूरी ३ घण्टा ५६ मिनेटमा पार गर्दै दोस्रो र रामकुमार राजभण्डारी ३ घण्टा ५८ मिनेटमा पार गर्दै तेस्रो भए ।
महिलातर्फ रोजिना भण्डारी ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा दूरी पार गर्दै दास्रो र हुमी बुढा मगर ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पार गर्दै तेस्रो भए ।
सगरमाथाको आधार शिविरबाट सुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुँदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको थियो ।

महिला र पुरुष दुवै प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पुरस्कार हात पारे ।
यसैगरी स्ट्रीम अल्ट्रा एभरेष्ट म्यारथनको उपाधि किरण कुलुङले हात पारेका छन् । सगरमाथाको आधारशिविरबाट शुरु भएर बिभिन्न बस्ती हुँदै नाम्चेसम्मको ६० किलोमिटर दूरी किरणले ७ घण्टा १४ मिनेट १० सेकेण्डमा पुूरा गरेर उपाधि जितेका हुन् ।

यस्तै दोश्रो हुने अर्जुन कुलुङले ७ घण्टा १४ मिनेट १५ सेकेण्डमा पूरा गरे भने ७ घण्टा २७ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै पूर्ण तामाङ्ग तेश्रो भए । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ७५ हजार र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु