एनएमबिबाट आयआर्जनको बाटो खोल्दै हिमाली महिला

हिमाल एफ एम,
सोलुखुम्बु, ५ बैशाख,

एनएमबि लघुवित्तिय संस्थाको सहयोगमा हिमाली जिल्ला सोलुखुम्बुका महिलाहरुले आत्मनिर्भर बन्ने बाटो पहिल्याउन थालेका छन् । ३ बर्षको अबधीमा एनएमबिको १५ करोड रुपैयाँ भन्दा बढि रकम महिलाहरुले आय आर्जनका लागि ब्यबसायमा लगानी गरेका छन् । बिपन्न तथा पिछडिएका ग्रामिण भेगका महिलाहरुलाई विभिन्न १२ किसिमका आय आर्जनका शिर्षकमा कर्जा प्रवाह गर्दै आएको एनएमबिले स्थापना कालदेखि १५ करोड ९३ लाख, ४० हजार ८ सय रकम कर्जा लगानी गरीसकेको छ ।

२०७० सालमा स्थापाना भएको माईक्रोफाइनान्सले सोलु–दुधकुण्ड नगरपालीका र नजिकका आधा दर्जन गाविसका महिलाहरुलाई व्यवसायिक बनाउन बिनाधितो कर्जा प्रवाह गर्ने गरेको छ । साधरण कर्जा, नविकरणीय उर्जा कर्जा, दैवि प्रकोप कर्जा, घरायसि कर्जा, लघुउद्यम कर्जा, घर निर्माण कर्जा गरी ६ किसिमका कर्जामा महिलाहरुलाई लघु उद्यम व्यवसाय गर्न तथा अन्य विभिन्न व्यवसायका लागी लगानी गरीरहेको एनएमबि लघु बित्तिय सस्था शाखा कार्यलय सल्लेरीका प्रबन्धक लंकबहादुर बमले जानकारी दिए ।

नगरपालीका र साविकका १० गाविसमा १ सय ४ वटा केन्द्र बनाएको माईक्रोफाईनान्सले १ हजार १५ जनालाई कर्जा प्रवाह गरेको छ । साधारण कर्जामा एनएमबिले ९ सय ७१ जना महिलालाई १३ करोड २९ लाख ४५ हजार रुपैया रकम लगानी गरको छ । त्यस्तै, नविकरणिय उर्जा कर्जा अन्तर्गत ५ जना महिलाले १ लखा ४२ हजार ८ सय, वैवि प्रकोप उर्जा अन्तर्गत ४७ लाख १० हजार ऋण लगेका छन् भने घरायसि कर्जाका लागी ३ सय ७६ जनाले ७२ लाख ४८ हजार रुपैया रकम लगानी गरीएको छ । सोलुखुम्बुको ग्रामिण भेगका महिलाहरु सवैभन्दा बढि लघुउद्यम कर्जामा आकर्षित देखिन्छन् । लघुउद्यम कर्जाका लागी माईक्रोफाईनान्सले १ करोड ३९ लाख २० हजार कर्जा प्रवाह गरेको छ ।

यस लघु बित्तले न्युनतम ५ हजार रुपैयाँ देखि अधिक्तम २ लाख रुपैयाँ सम्म धितो बिना नै ऋण दिने गरेको छ । संस्थाको सहयोगमा सोलुखुम्बुका महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् । कर्जाग्राही रिता ढुंगानाले बिना धितो कर्जा प्रयोग गर्न पाउँदा ब्यबसायमा सहज हुने बताइन् । उने भनिन्,‘बैँकमा धितोको प्रक्रिया अपनाउनै समस्या हुन्छ, लघु बित्तबाट कर्जा लिन नै सजिलो छ, बरु ब्याज चैँ अलि महंगो छ ।’ एनएमबिले १८ प्रतिशत सम्म ब्याज लगाउने गरेको छ । एनएमबिबाट लगेको कर्जाले महिलाहरुले बाख्रापालन, कुखुरापालन, तरकारी खेती, बुङगुर पालन तथा अन्य व्यवसायहरुमा लगानी गर्ने गरेका छन् ।

लघु उद्यमीहरुलाइ बित्तिय साक्षरता तालिम

सस्थाले सोलुखुम्बुमा रहेका लघु उद्यमीहरुलाइ बित्तिय साक्षरता संबन्धी अभीमुखीकण समेत गराएको छ । सदरमुकाम सल्लेरीमा भएको एक दिने गोष्ठीमा ८६ जना महिला उद्यमीहरुलाइ अभिमुखीकरण गराइएको हो । उनीहरुलाइ ऋण लिने प्रक्रिया, लगानीका क्षेत्रहरु र आय आर्जनका संभावनाहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको हो ।

संस्थाले उत्कृष्ट ७ केन्द्रहरुलाई पुरस्कृत गरेको छ । १ सय ४ वटा केन्द्र मध्ये उत्कृष्ट बचत, लगानी, कर्जा र त्यसको सहि सदुपयोग गर्ने केरुङको तिनकन्या सेतीदेवि एनएमबि महिला समुह प्रथम भएको छ । त्यस्तै, एकता एनएमबि महिला समुह देउसा द्धितिय र सेतीदेवि एनएमबि महिला समुह तृतीय भएको छ । झोरेनी, परिवर्तन, बेलीडाडा र हरीयाली एनएमबि महिला समुह पनि उत्कृष्ट केन्द्रको रुपमा सम्मानीत भएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु