एक वर्ष देखि सवारी साधन प्रयोग विहीन

दिपेन्द्र पराजुली,
सोलुखुम्ब, असार १८
सोलुखुम्बुको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुको टोयटा कम्पनीको सवारी साधन एक वर्षदेखि प्रयोग विहिन बनेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यलय हुँदा शिक्षा विभागले पठाएको सवारी एक वर्ष देखि प्रयोग बिहीन बनेको हो ।

बा १ झ ४०९९ नम्बरको गाडि कार्यालय परिसरमा त्रिपाल ओडाएर राखिएको छ ।

गाडिको अगाडिको भागको सिसा फुटेको छ भने टायर काम नलाग्ने अबस्थामा पुगेको छ ।

कर्मचारी अभावमा चल्दै गरेको सवारी साधन प्रयोग विहीन बनेको शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु