एक अर्काको हुन नपाएकोमा गुनासो पोख्दै रमेश र अञ्जली (भिडियो सहित)

सोलुखुम्बु । एक जोडी प्रेम झाँगिदै गर्दा छुट्टिन पुग्छ । प्रेमी पल्टन छिर्छ भने प्रेमिका गाउँमै । धन कमाउला, फर्कौला, विहे गरौला र रमाउला भन्ने वाचा बाध्यताले तोड्छ । प्रेमी छुट्टीमा गाउँ फर्कदा कसैको सिन्दुर पोतेमा देख्दा सम्हाल्न गाह्रो भएको मनलाई बल्लतल्ल थाम्ने कोशिस गरिरहेको वियोगान्त मौलिक कथा हो, ‘फुल फुल्यो जैसरा’ ।

मौलिक सृजनाका खानी रमेश विजीको सृजनामा गणेश राना र सरु थापाले स्वर दिएको गीतलाई विन्ध्यवासिनी म्यूजिक मार्फत सार्वजनिक गरिएको छ । सुन्दा र हेर्दा मन विझाउने कथा बुनिएको गीतको भिडियोमा रमेश विजी र अञ्जली अधिकारीको जिवनत अभिनयले हेर्नलायक बनाएको छ ।

शंकर विसीको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेले क्यामरा चलाएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु