सोलुखुम्बुबाट एकैदिन १८५ पर्यटकको उद्धार

सोलुखुम्बु, चैत्र १५


लकडाउनका कारण सोलुखुम्बुमा अलपत्र बनेका १८५ पर्यटकलाई शनिबार उद्धार गरिएको छ । खुम्बु क्षेत्रमा अलपत्र बनेका ५ नेपाली सहित १७८ र सल्लेरीमा अलपत्र बनेका एक नेपाली सहित ६ जना पर्यटकलाई उद्धार गरिएको हो ।


पर्यटक उद्धारका लागि लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हेलिकप्टर सहित तारा, सिता र समिट एयरले १४ वटा उडान भरेको छ ।

सल्लेरीमा रहेका पर्यटकलाई सडक मार्ग हुदै काठमाण्डौ पठाईएको छ । खुम्बुमा अझै १६८ पर्यटक रहेको र उनीहरुको उद्धारका लागि आईतबार तारा, सिता र समिट एयरले ५ उडान गर्ने निश्चित भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिए ।


अलपत्र बनेका पर्यटकलाई खुम्बु पासाङल्हमू गाउँपालिका र होटल एशोसियशन लुक्लाको समन्वयमा खाना र आवासको व्यवस्था मिलाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!