एकिकृत फोहोर व्यवस्थापनका लागि छलफल

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस १२

सोलुदुधकुण्ड नगरपालिकाको एकिकृत फोहोर व्यवस्थापनका लागि छलफल गरिएको छ । नगर क्षेत्रको सुन्दरताका लागि नगरपालिकाको आयोजना तथा लिड नेपालको सहजीकरणमा एकिकृत फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरिएको हो ।

जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, टोल सुधार समितिका पदाधिकारीहरु सहभागी छलफलमा मेयर नाम्गेलजाङबु शेर्पाले नगरको सरसफाईमा उल्लेखनीय प्रगती गरेको दाबी गरे । दशकौ देखि थप्रिएर रहेका सिसाजन्य र प्लािष्टकजन्य फोहोर व्यवस्थापनमा धेरै अघि बढिसकेको बताए । मेयर शेर्पाले टोलसुधार समितिको तदारुकता र जनप्रतिनिधिको सक्रियताले सफाई संभवन देखिएको बताए । एकिकृत फोहोर व्यवस्थापन रणनिति तयार भएपछि फोहोरको दिर्घकालिन योजना बन्ने र कार्यान्वयनका लागि नगर तयार रहेको शेर्पाको भनाई छ । कार्यक्रममा वडा नं १ टाक्सिन्दुका अध्यक्ष छोङबा लामाले पुरानो फोहोर व्यवस्थापन नै चुनौतिको विषय रहेको बताए । वडा नं ४ अध्यक्ष दावागेलु पाख्रिनले वातावरणीय सरसफाईका लागि व्यवस्थित संरचना तयार पार्न सके नगर सफा बन्ने बताए ।

नगरको सुन्दरताका लागि फोहोर व्यवस्थापनका लागि छलफल गरिदै

छलफलका क्रममा गैरसरकारी संस्था लिड नेपालकी कार्यक्रम व्यवस्थापक करुणा अधिकारीले २०१८ मार्चमा नगरपालिकाको ५ वडामा गरिएको अध्ययनकोे प्रतिवेदन प्रस्तुत गरिएको थियो । फेरि दोस्रो चरणको अध्ययन, विश्लेषण गरिसकेपछि एकिकृत फोहोर व्यवस्थापन रणनिति तयार पार्ने अधिकारीको भनाई छ । रणनितिको आधारमा व्यापारिक योजना निर्माण गरि कार्यान्वयनको पाटोमा लाग्ने उनको भनाई छ । जलवायू परिर्वतन न्यूनिकरणका लागि जर्मनको प्राविधिक सहयोगमा संचालनमा आएको कार्यक्रम अन्तरगत निति निर्माणको क्रममा रहेको कार्यक्रम व्यवस्थापक अधिकारीले जानकारी दिईन् ।

नगरपालिकाले बजार क्षेत्रमा हस्ताको ३ दिन ट्रिपरले वर्गीकृत रुपमा कुहिने, सिसाजन्य र प्लाष्टिकजन्य फोहोर उठाउदै आएको छ भने हरेक आईतबार टोलसुधार समितिले सरसफाई गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु