एउटा वास्तविक तिज गीत ‘माईतीघर’

सोलुखुम्बु । तिज गीतको परम्परामा आधुनिकता मौलाएको समयमा अधिकांश गीतहरु सस्तो मायापिरतीमा केन्द्रित बनेका छन् ।

मौलिक सृजना पातलिदै गएको वर्तमान अवस्थामा नेपाली समाजको वास्तविक कथालाई चित्रण गर्ने तिज गीत ‘माईतीघर’ सार्वजनिक गरिएको छ ।

विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको गीतमा मौलिक सर्जक रमेश विजीको शब्द, सञ्चारकर्मी समेत रहेका संगीतकर्मी कमल सरगमको भाका रहेको छ भने सदाबहार गायक बद्रि पंगेनी र आशालाग्दा गायिका सिता श्रेष्ठको स्वर रहेको छ । कमल सौरागको संगीतसंयोजन रहेको गीतका उत्पादक राजन क्षेत्री हुन् । क्षेत्री रोजगारीको शिलशिलामा परदेशमा छन् ।

गीतमा तिज पर्वलाई केन्द्रभागमा राखेर परदेशी भाई र स्वदेशी दिदीको मार्मिक गीति सम्बादलाई गहकिलो रुपमा प्रस्तुत गरिएको छ ।

स्मृति तिमिल्सीना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोमा रमा थपलिया, रश्मि भट्ट, महेन्द्र गौतम लगायतका कलाकारले जिवन्त अभिनय गरेका छन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु