एउटा दुर्घटना – सम्झाइरहने असार १५

असारको १४ गते दिउसोको समयमा ओखलढुङगाबाट सोलुखुम्बुको रमिते सम्मका लागि भनेर को १ ज १८६० नम्बरको बोलेरो जिप सोलुखुम्बुको रिमते सम्मको यात्रामा थियो । रमितेमा आइसकेपछि गाडी खाली भयो, गाडी साहुले एक्कासी सल्यान सम्म जाने निर्णय लिएपछि बोलेरो रमितेबाट सल्यान तर्फ मोडियो, जादाजादै नेचासल्यान गाउपालिका १ खाल्पामा पुग्दा रातिको ८ बजिसकेको थियो, त्यही समयमा खाल्पामा यामकुमार कार्कीको आमा बिरामी भएका कारण गाउँघरका सबै जम्मा हुदै थिए कोही स्टेचर खोज्दै थिए भने कोही हल्ला खल्ला गर्दै गाउका यूवाहरु जम्मा हुदै थिए मात्र बिरामीलाइ स्वास्थ्य चैकी सम्म पुरयाउनका लागि अचानक बिरामिको घर रोडमै सटेको हुदा गाडी साहुले के भएको रहेछ भनेर ड्राइभरलाई बोलेरो रोक्न लगायो । त्यस पछि सबै गाउँका मानिसहरु गाडी रोकेको ठाउमा आएर भने,‘हाम्रो बिरामीलाइ स्वास्थ्य चौकि सम्म लान सहयोग गर्नुप¥यो’ यति भनेपछि साहुले बिरामी लिएर स्वास्थ्य चौकिसम्म लगेर छाडीदियो । बिरामी संग गएका गाउँका मानिसहरुले भन्दै थिए कि तपाइ यो राती यतै बस्नु भनेर ! तर गाडी साुहले तल सल्यानमा निरुको पसलसम्म पुगेर बस्ने निर्णय गरेपछि बोलेरो सल्यानको तल्लो भेगमा झ¥यो तर निरुको पसलमा आइपुग्दा होटल पसल बन्द भइसकेकाले बोलेरो सिधैकेराबारी ससुराली गाउँ तर्फ मोडियो । गाडी रोकेर ससुराली पुग्दा झण्डै रातको ११ बजिसकेको थियो । त्यहाँ खानपिन सकेर सुत्दा १२ बजिसकेको थियो । सुत्ने बेलामा कुरा हुदै थियो भोली बिहान जसरी नि रुम्जाटारको रिर्जभको लागि पुग्नु पर्छ भन्ने ।

यत्तिकैमा बिहान भयो, असार १५ को दिन हरेक किसानको मानो छरेर मुरी उब्जाउने बेलामा गाउँघरमा किसानको धान रोपाइमा निकै चहलपहल चल्दै थियो । सबै आ–आफनो पाखुरी साटासाटगरेर बर्खाको समय बिताउदै थिए । कतै धान रोपाइ चल्दै थियो भने कसैका घरमा अघिल्लो दिनदेखी खाजाभुजाको व्याबस्थापन हुदै थियो । कोही खेताला खोज्नमा व्यस्त थिए, कोही हलो जुवा, दादे, फ्याउरीका साथमा कोदालो काँधमा हालेर हिडदै थिए । रोपारहरु घरको घरधन्दा सकेर धान रोप्न जाने तरखरमा थिए । यो त निरन्तर चल्दै थियो गाउघरमा तर त्यो दिन असारे १५ मा दहि र चिउरा खाएर कृषकहरु देखी लिएर राष्ट्रपति अनि सबै उच्च पदस्थका मन्त्री, कर्मचारीहरु पनि दहि, चिउरा, केरा, आँप, लगायतका विशेष चिज जस्को घरमा जे थियो, सबैले खाएर किसानको खेतमा गएर हिलो छेप्दै, जोत्दै रमाइलो गर्दै रोपाइको मज्जा पनि लिइरहेका थिए ।

यत्तिकैमा बिहानै सल्यानको केराबारीबाट बोलेरो गाडी स्टार्ट भयो अनि साबिकको सल्यान ३ बाट महेन्द्रोदय माविमा लेखापाल पदमा कार्यरत महिला उर्मिला बास्तोलाले पनि सोही गाडिमा यात्रा तय गर्नुभयो । बोलेरो पुनः दोदी हुदै अघि बढिरहेको थियो जादाजादै दोदीमा इलाका वन कार्यालयमा कार्यरत २ जना कर्मचारी पनि लिएर गाडी रमिते सम्मका लागि यात्रामा थियो । यतिकैमा सल्यान, दोदी, फेदी, रुङगा, टारी, देउपुजे हुदै बोलेरो खाप्लातिर जादै थियो । खाल्पा क्रस गरे लगत्तै दाल्दुखोला नजिक महादेव मन्दिर नजिकै दूइजना महिलाले गाडी रोक्न संकेत गरेपछि ड्राइभरले बोलेरो रोकेर ति महिलालाई पनि चढाएर गाडी रमिते सम्मका लागि गुड्यो । तर शुसिला र सुष्मा खडका गाडी चढेको करिब करिब १ मिनेट पनि नहुदै गाडीले सडकको लिग छाडेर एक्कासी दुर्घटना ग्रष्त भयो । वारी खाल्पामा कुनै एक व्याक्ति रोपाइका लागि भनेर गोरु चराउदै रहेछन्, जुनवेला हल्का हुस्सु पनि लागेकोहुदा गोरु हेरालुले पारी भिरमा गडयाङगुडुङ आवाज सुनेपछि पछि पछि आउदै गरेको टाटा सुमोको गाडीलाइ रोकेर पारी भिरमा बोलेरो गाडी पल्टीएजस्तो छ भनेर खबर सुनाएपछि बोलेर अलि माथी सम्म गयो र हेर्दा त सडकमा गाडी नभइ भिरबाट पल्टिएको । सडक भन्दा तल हेर्दा गाडि टुक्रा–टुक्रामाछरिएको थियो भने मान्छेका लास पनि यत्रतत्र ।

एकजना घाइते सुष्मा खड्कालाइ उपचारका लागि फाप्लु अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भयो । मृत्यु हुनेको संङख्या ७ पुग्यो । जहाँ बालेरो गाडी दुर्घटना भएको स्थलमा स्थानिय, नेपाली सेना, नेपाल प्रहरी लगायत अन्य संघ सस्थाको पहलमा मृतककोे लास दिउँसो १२ बजे मात्र बल्ल तल्ल निकाल्न सफल भइयो । मृतकको सुरुवातमा पहिचान हुन नसकेपनि केही समय पश्चात पहिचान खुलेको थियो । १ हजार मिटर तल दुर्घटना ग्रस्त भएको गाडीको कुनै पनि सग्लो रुपमा पार्टपुर्जा भेटिन सकिएको छैन ।
सबैको रहर भनेको धेरै पैसा कमाउनु र परिवार अनि आफु सुखका साथमा रमाउनु नै हो । तर सोचे जस्तो सबैको नहुदो रैछ । ओखलढुङगा माम्खा ५ का ४० वर्षिय सवारी धनी श्यामकुमार राईको चाहाना पनि सुखका साथ रमाउनु नै थियो । उनले स्वेदेश तथा बिदेशमा बसेर दुख गरेर जसोतसो बालेरो गाडी किनेको एक महिना एक दिनमै गाडी त दुर्घटनामा ध्वस्त भयो नै, आफु पनि दुर्घटनामा परेर अकालमै जानुप¥यो । सवारीधनी आफु पनि लाईसेन्स प्राप्त सवारी चालक थिए तर राईले राम्रो सवारी चालक पाएका कारण गाडी सवारी चालकलाइ पुरै जिम्मा दिएर राई आफु असार २० गतेका दिन साउदी अरबमा पसिना बेच्न जान मात्र आटेका थिए । साउदी जानको लागि सम्पुर्ण तयारीमा रहेका राइलाई महादेव भिरले सदाका लागि रोकेर राख्यो ।

१४ गते साँझ ५ बजेतिर महेन्द्रोदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर बस्नेत संग मेरो कुराकानी भएको थियो, कुराकानीमा उहाँले मलाइ तिमी जिल्लामै छौ प्रकाश, मेरो व्याक्तिगत काम छ, तिमीले त्यो काम सकेर १५ गते मेरो स्टाफ उर्मिला बास्तोला सल्लेरी आउदै आउदैछिन्, काम भयो भने उर्मिलालाइ पठाइदिनु है भन्नु भएको थियो । मैले साँझ कृष्ण सरको काम सकेर अफिस आए, अफिसको पनि काम सके, बिहान भयो । असारको १५ सबैमा दहि चिउरा, केरा, आप खाने र रमाइलो गर्ने कुरा हुदै थियो, ठिक ७ बजेर ५० मिनेटमा अफिसमा फोन आयो । मैले नै रिसिभ गरे एक्कासी खबर आयो सल्यानमा गाडी दुर्घटना भयो रे ! ६ जनाको ज्यान पनि गयो रे ! भन्दै शिक्षक भोजराज अधिकारीले सुनाउनुभयो । सो कलमा एकजना उर्मिला नाम गरेको पनि मृतकको सनाखत भएको छ रे ! पनि भन्नु भयो । एकछिन त दिमागले काम पनि गरेर सोच्दै गए को होला त उर्मिला भन्दै एक्कासी कृष्ण सरको अघिल्लो दिनको कलको याद आयो । मेरो घर नजिकैको भाउजु दुर्घटनामा पर्नुभएछ । स्कुल आउदा होस वा जादा सधै मेरै घर नजिकको बाटो प्रयोग गर्ने उर्मिला भाउजु सदाका लागि सम्झनामा मात्र रहनु भयो । उर्मिला बास्तोला पनि अफिसको कामका साथै शिक्षक सेवा आयोगमा फर्म भर्नका लागि भनेर जिल्ला सम्मको यात्रामा हुनुहुन्थ्यो बिच बाटोमा नै सदाका लागि त्यो महादेव भिरले फर्म भर्नबाट वन्चित गराएर गयो ।

असार १५ को दिन सबैले दहि चिउरा खाएर हिलोमा पसी रमाइलो गर्ने परम्परा देखीनै चलिआएको रितिरिवाज, यसै क्रममा असार १५ मा दहि र चिउरा खाएर हिलोमा रमाइलो गर्नका लागि दिदी शुशिला खडका र बहिनी सुष्मा खडका सोही बोलेरो गाडिमा नेचासल्यान गाउपालिका र दुधकुण्ड नगरपालिकाको सिमानामा पर्ने महादेव भिर नजिकै बालेरो रोकेर तिङलाको बरडाडा सम्म लैजान भन्दै गाडीमा यात्रा गर्दै थिए गाडी चढेको १ मिनेट नबित्दै महादेव भिरले दुई दिदीबहिनी सहित आम गाउँकै असार १५ लुटेर लग्यो । सदाका लागि असार १५ सल्यान बासीहरुको लागि सम्झीरहने त्यो कालो दिन बनेर आयो ।

जो कोहीलाइ पनि भविष्यमा सफल हुने इच्छा सबैमा हुन्छ । यहाँ केही व्याक्तिलाई पनि महादेव भिरले सफल हुनबाट रोक लगाएको छ । इलाका वन कार्यालय सल्यानमा रेन्जर पोष्टमा बनरक्षक पदमा कार्यरत खोटाङकी २४ वर्षिय कोपिला कार्कीलाइ कोपिलामै महादेव भिरले चुडेर लग्यो । कोपिला र उनका श्रीमानले कडा मेहनतका साथ एकैचोटी वन रक्षकमा नाम निकाल्न सफल भएका थिए । कोपिला र उनका श्रीमानले एकैचोटी नामनिकालेर सोलुखुम्बुमा पोष्टिङ भएको २ महिना मात्र के भएको थियो फर्कन र फुल्न नपाइ कोपिलामै कोपीलालाई सदाका लागि चुडेर लग्यो । त्यस्तै सिराहा घर भइ सल्यान रेन्जर पोष्टमा कार्यरत ३६ वर्षिय वन फरेष्टर शिवकुमार यादवको पनि अबस्था त्यस्तै नै भयो । उदयपुर शिरिसे ८ का २१ वर्षिय सवारी चालक कुसाङ तामाङको पनि चाहाना हरेक यात्रुलाई सफलताका साथ गन्तब्य सम्म पुरयाउने लक्ष्य थियो होला तर त्यो महादेव भिरले सदाका लागि तामाङको गन्तव्य माथी फुलिस्टप लगाएर गयो ।

प्रस्तुतकर्ता – प्रकाश भट्टराई खत्री

स्रोत
ओम कुमार राई–केराबारी
जगत बहादुर बस्नेत–खाल्पा ,
नारायण बास्तोला–नेचा
भिम निरौला–सल्यान

Comments

comments

सम्बन्धित शीर्षकहरु