ऋण नबुझाउनेलाई आगामी आर्थिक बर्ष देखी कार्बाही गर्ने

प्रकाश पाठक । असार १६–
कृषि बिकास बैक शाखा कार्यालय सोलुखुम्बुले ऋण नतिर्ने ऋणीहरुलाई कारबाहि थाल्ने भएको छ । बिगत लामो समय देखि बैक मार्फत बिभिन्न शिर्षकमा ऋण लगि नबुझाएका एक सय ४२ ऋणिहरु लाई पटक पटक ताकेता गर्दा सम्म पनि ऋण नबुझाएपछि कार्यालयले आगामि श्राबण महिना देखि कारबाहि प्रक्रिया थाल्ने बताएके हो । बैकद्धारा एक करोड ५८ लाख १७ हजार बिभिन्न शिर्षकका भाका नागेका साबा र १ करोड ४३ लाख १० हजार ब्याज उठाउन बाकि रहेको छ । बैकका शाखा प्रमुख धुब्र कुईकेलले असार मसान्त सम्मको समयाबधिमा पनि भाका नागेको ऋण नबुझाए श्राबण महिनाबाट कारबाहि प्रक्रिया सुरु गर्ने जानकारि दिनुभयो ।
ऋणीहरुलाई ब्याज मिनाहाको लागि सरकारले असार मसान्त सम्मको समयसिमा दिए पनि हालसम्म नौ जनाले मात्र ऋण बुझाएके र अन्य ऋणीहरुले कुनै चासो नदेखाएको भन्दै कुईकेलले भौगोलिक कठिनाईका कारण केहि समस्या भएके भएपनि अब भने बैक कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । बैकले करिब १५ बर्षदेखिको भाका नागेको तीन करोड एक लाख २७ हजार ऋण उठाउन बाकि रहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!